Logo
Logo

एकता भाँड्ने अभिव्यक्ति नदिन माधव पक्ष नेताहरूको आग्रह


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहको बैठकले एकता भाड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण गराएको छ ।

सोमबार काठमाडौंमा बसेको नेपाल पक्षको बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकताभाड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानकर्षण गराएको हो ।

बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिदा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको बताए । बैठकमा एकताका लागि छलफलमा जुटेका नेताहरुले अहिलेसम्मको छलफलको अवस्थाका बारेमा जानकारी गराएको समेत उनले बताए ।

नेता पन्तले अव छिटै एमाले अध्यक्ष केपीओली र बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने समेत जानकारी दिए। उनले एमालेलाई एकतावद्ध गर्न अधिकतम प्रयास भइरहको बताए ।

गएको जेठ २७ गते दोस्रो तहका दश नेताले १० बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन । यसबीचमा दुवै पक्षका नेताहरुले आन्तरिक छलफललाई भने निरन्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्