Logo
Logo

मनसुनका कारण हालसम्म ६७ को मृत्यु, ४० बेपत्ता


दृष्टि संवाददाता


काठमाडाैं । यस वर्षको मनसुनजन्य विपद्का कारण हालसम्म ६७ जनाको मृत्यु भएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मनसुनजन्य विपद्‌बाट हालसम्म ६७ काे मृत्यु, ४० बेपत्ता र ८१ जना घाइते भएको बताएका हुन् ।

विपद्‌बाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्कीलगायत ५५ जिल्ला प्रभावित भएको छ । विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको छ ।

असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी ५ जनाको मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको थियाे । ३ सय ३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुंगे पुल, १ वटा माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्