Logo
Logo

प्रहरीका कमाउने अनेक दाउ


दृष्टि संवाददाता


काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सोझोपनको फाइदा उठाउँदै संगठनमा अनियमितता रोकिएको छैन । विभिन्न शैलीमा संगठनभित्र कमाउने धन्दा चलिरहेको छ ।

खासगरी तराईका जिल्लामा सेटिङ मिलाएर तस्करी चलिरहेको छ । पावरका आधारमा जिल्ला गएका एसपीहरुको ध्यान नै असुलीमा छ । बारामा भने एसपी भन्दा डिएसपी असुलीमा अगाडी देखिएका छन् । जिल्लामा डिएसपी गौतम मिश्रकै सेटिङमा धन्दा चलिरहेको छ । डिएसपी गौतमले असई अच्छेलाल हजरा दुसाद, हवल्दार बृजेश महरा र किसोरी पासमानमार्फत महिनामैं लाखौं पैसा उठाउने गरेको पाइएको छ ।

कपडा तस्करीमा संलग्न जितपुरका सरोज श्रीवास्वसँग दुई लाख, चल्ला तथा किराना पसलका सामान तस्करी गर्ने लखिचन साह ७५ हजार, सुर्ति र चप्पलको व्यापार गर्ने मोतीलाल शाहसँग घुुमुवाले ५० हजार रुपैयाँ असुलेका छन् । मुसहर्वाका कपडा व्यापारीहरु प्रभु साह, शोभा देवी, दिपक यादब, अनौती महतो, लालबाबु महतो, भिखारी यादब, भुषण पटेल, सुरज पटेल, पवन कुमार, दिनेश राम, भिम साहमार्फत नियमित पैसा लिने गरेका छन् । भैंसी व्यापारीहरु सन्तोष गुप्ता, सुरेन्द्र कलवार, जय प्रकाश महतो, इमामुल मियासँग पनि सेटिङ छ । सुर्ति व्यापारुी जितेन्द्र गुप्ता, आशा देवी, सुरेन्द्र शाहमार्फत पैसा उटाउने गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सोझोपनको फाइदा उठाउँदै संगठनमा अनियमितता रोकिएको छैन । विभिन्न शैलीमा संगठनभित्र कमाउने धन्दा चलिरहेको छ ।

बारामा विगत सात वर्षदेखि बस्दै आएका हवल्दार टिका बस्नेतमार्फत सीमा क्षेत्रमा एसपी दिपेन्द्र शाही र डिएसपी मिश्रले पैसा उठाउने गरेका छन् । जिल्लाका १५ वटा मातहतका कार्यालयबाट मासिक रुपमा नै पैसा उठाउने गरिएको स्रोत बताउँछ । सबैभन्दा धेरै प्रहरी चौकी पथलैयाका इन्चार्जले एसपीलाई एक लाख तथा डिएसपीलाई ४० हजार रुपैयाँ बुझाउने गरेका छन् ।

हालै २ नम्बर प्रदेशमा गएका डिआइजी उमेश रञ्जितकारले बाराको घुसकाण्डबारे छानबिन थालेका छन् । यसअघि उनीहरुले प्रदेशमा समेत मिलाएको छानबिनमा खुलेको छ ।

उता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका इन्सपेक्टर दानसिंह मडाईले पनि पदको दुरुपयोग गरी पैसा लिएको खुलेपछि छानबिन सुरु भएको छ । एक महिलाको खातामा करिब तीन करोड भारु आएपछि राष्ट्रबैंकले छानबिनका लागि विभागमा पठाएको थियो । ती महिलासँग केस मिलाइदिने भन्दै इन्सपेक्टर मडाईले पैसा मागेको भिडियो नै सार्वजनिक भएको छ । विभागका महानिर्देशक गजेन्द्र ठाकुर समेतको मिलेमतोमा त्यसरी पैसा मागिएको हुनाले उनलाई जोगाउन अहिले विभाग नै लागेको छ । विगतमा तारकेश्वर यातायातको मुद्दा अनुसन्धानमा पनि उनले चलखेल गरेर रामबहादुर लामाकी श्रीमतीलाई पैसा लुकाउन लगाएर कमजोर मुद्दा दायर गरेको स्रोत बताउँछ ।

त्यस्तै काभ्रेमा एक सिपाहीले करोडभन्दा धेरै सम्पत्ति जोडेको विषयमा पनि हेडक्वार्टरले छानबिन थालेको छ । घुमुवाका रुपमा काम गर्ने टोपबहादुर गिरीले अकुत सम्पत्ति आर्जन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्