Logo
Logo

देउवा पुत्र जयवीरलाई झुक्याइयो


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा पनि राजनीतिमा सक्रिय हुन थालेका छन् । हाल पार्टी भित्रका नेताहरुसँग दोस्ती बढाउन चरणमा छन् ।

प्रधानमन्त्री देउवाका सहयोगीका रुपमा उनले काम सुरु गरिसकेका छन् । तर, सुरुमा एक खराब व्यक्तिको संगतका कारण उनी विवादमा तानिएका छन् ।

भारतमा पछिल्लो समय एक सामान्य व्यक्ति निकै चर्चामा छन् । उनको नाम हो प्रशान्त किशोर । जसले मोदीलाई प्रधानमन्त्री बनाउदेखि हालै ममता बजर्नीलाई पश्चिम बंगालमा चुनाव जिताउन पर्दा पछाडिबाट भूमिका खेलेका थिए । उनलाई राजनीतिको रणनीतिकारका रुपमा लिइन्छ । जसले राजनीतिक गर्नेहरुलाई कसरी चुनावमा सफल बनाउने भन्ने रणनीति सुक्ष्मरुपमा बनाएर लागू गराउँछन् । त्यसमा सफल भएका कारण भारतमा उनको ठूलो प्रशंसा छ ।

उनै प्रशान्तको बारेमा नेपालमा पनि चर्चा सुरु भइसकेको छन् । उनका सहयोगीहरु नेपाल आएर नेताहरुसँग छलफल गर्न थालिसकेका छन् । अबको एक वर्षभित्रै नेपालमा पनि स्थानीय चुनाव गर्नुपर्ने भएकाले यस्ता रणनीतिकारहरुको दौडधुप बढेको छ ।

यसै क्रममा एक युवकले आफु प्रशान्त किशोरको टिमको व्यक्ति भएको भन्दै प्रम पुत्र जयविरलाई समेत झुक्याएको खुलेको छ । विगतमा नेपालमा समेत बसेका संयोग संजोग दत्ता नामक युवकले यसरी जयवीरलाई झुक्याएका हुन् । जयसिंहले दत्तालाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग पनि भेट गराएर आगामी चुनावमा उनलाई प्रयोग गर्नेबारे छलफल गराएका थिए । पछि प्रशान्त किशोरका वास्तविक व्यक्ति मन्त्री श्रेष्ठसम्म पुगेपछि त्यसबारे रहस्य खुलेको हो । त्यसपछि प्रम पुत्र देउवा दत्तासँग झस्किएको बालुवाटार स्रोत बताउँछ ।

जयविर पछिल्लो समय व्यापारमा समेत गोप्य रुपमा लागेको स्रोत बताउँछ । मामा भूषण राणा तथा उमेश श्रेष्ठसँगै मिलेर उनले व्यापारमा समेत लगानी गर्न थालेको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्