Logo
Logo

नेपाल एअरलाइन्स डुवाउने खेल


- दृष्टि न्युज/संवाददाता



नेपाल एअरलाइन्सलाई पहिला शाही नेपाल वायु सेवा निगम भनिन्थ्यो । नेपालको सरकारी विमान सेवा संगै स्थापना भएको थाई एअरवेज विश्वमा चर्चित छ र नाफामा छ । तर नेपाल एअरलाईन्स ठुल्ठुला भ्रष्टाचार काण्ड र कमिशन तन्त्रले गर्दा घाटामा छ । यसको वेहाल सबैलाई थाहा छ ।

नेपाल एअरलाइन्स डुवाउन ठुला साना भ्रष्टाचारीहरु मात्रै होइन कि अन्य सरकारी निकायहरुका ठुला कर्मचारीहरुपनि कसरी लाग्ने रहेछन् भन्ने तथ्य वाहिर आएकोछ । गत चैत २० गते नेपाल वायुसेवाको दुबई उडान राती १० वजे पछि विमानस्थल कार्यालयले रोकेको थियो । तर चैत २७ गते वुधवार भने विदेशी विमान कम्पनीलाई राती १० वजे पछि पनि उडान गर्न अनुमती विमानस्थल कार्यालयले दियो ।

स्वदेशी सरकारी विमान सेवालाई राती १० वजे पछि उडान गर्न अनुमती नदिने तर विदेशी विमानस्थललाई उडान अनुमती दिनुले आफ्नो देशको विमानसेवा डुवे डुवोस् भन्ने कमिशन खोरी मनोवृत्ति सार्वजनिक भएकोछ ।

नेपाल एअरलाइन्सले पनि चैत २० गते विमान भित्रै यात्रुहरु रात भर राखेर घोर लापरवाही गरेको छ ।

यी दुबै काण्डहरुको जाँचवुझ भैरहेको जनाइएकोछ । तर सरकारले गल्ति गर्नेहरु र अपराध गर्नेहरुलाई कारवाही गर्छ भन्नेमा जनताको विश्वास टुटेकोछ ।

ढाँटको निम्तो खाई पत्याउनु भन्ने उखान छ । सरकारले अपराधीहरुलाई कारवाही गरेपछि मात्रै जनताले पत्याउनेछ । नभए सरकार प्रति गम्भीर अविश्वास अझै वढ्नेछ ।

पर्यटन मन्त्रालयको जिम्मा अरु मन्त्रीहरुलाई दिएको कुनै समाचार आएको छैन । पर्यटन राज्यमन्त्रीलाई क्याविनेट स्तरको अधिकार दिएको पनि समाचार आएको छैन । तसर्थ अहिले पर्यटन मन्त्री स्वयम् प्रधानमन्त्री छन् । प्रधानमन्त्री तथा पर्यटन मन्त्री श्री खड्ग प्रसाद ओली कामरेडले यी काण्डहरुका अपराधीहरुमाथि कस्तो कारवाही गर्नु हुनेछ, जनता पर्खेर वसेका छन् ।
रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्