Logo
Logo

‘भारतीय दादागिरीका सामु सरकार निरीह’


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । नेकपा एमालेका सांसद् भूमिप्रसाद त्रिपाठीले सरकार भारतीय दादागिरीका सामु निरीह साबित भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।

उनले भने, ‘उक्त घटनाबारे सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु, यस किसिमको जघन्य घटनाप्रति परमादेशबाट बनेको वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह साबित भएको छ ।’

उनले सरकार परमादेशबाट बनेको र सरकार नेपाली नागरिकको लागि नभए अरुको अरु सकैको लागि कम्फर्टेबल भएको बताए । उनले भने,
सरकार नेपाली नागरिकका लागि होइन, अरु कसैको लागि कम्फर्टेबल भएको चर्चा सर्बत्र सुन्न पाइएको छ, हेक्का रहोस्, गोरु सधैँ ब्याउँदैन । लोकतन्त्रमा जनता नै भगवान् हुन् ।’

प्रतिक्रिया दिनुहोस्