Logo
Logo

निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दलको दर्ता खारेज


दृष्टि संवाददाता

1.4k
Shares

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । मंगलबार बसेको आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ दलको दर्ता खारेज गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ ।

यसका साथै खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ ।

यी हुन् खारेज भएका ४१ राजनीतिक दल

प्रतिक्रिया दिनुहोस्