काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

उनले आफू उपप्रधानमन्त्रीको नाम दर्ता गर्न नभई काम गर्नको लागि आएको बताए। उनले भने, ‘म यहाँ काम गर्न आएको हुँ । दोस्रो पटक उपप्रधानमन्त्रीको नाम दर्ता गर्नका लागि आएको होइन ।’