Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

संसद अधिवेशन आह्वानदेखि कांग्रेस छलफलमासम्म


3.2k
Shares

१, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान, उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै सांसद्लाई सूचना ।


२, सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको अभिव्यक्ति ।


३, जसपाले राजनीतिक समितिको बैठकपछि सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गर्ने, प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने भन्नेबारे यही पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकमा छलफल हुने, संसदीय दलको नेता चयनका लागि भोलि (बुधबार) निर्वाचन गर्ने ।


४, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने, पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने, बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध ।


५, मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको भनाइ, गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको टिप्पणी, राजनीतिमा परिवर्तन आएको पनि आत्तिनुपर्ने अवस्था नरहेको अभिव्यक्ति ।


६, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन, अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागेसम्म गुरुङको सांसद पद स्वतः निलम्बनमा, श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग ।


७, चीनले नेपाली वस्तु निर्यात गर्न सक्नेगरी आजदेखि रसुवागाढी नाका खुल्यो, नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात, नेपालबाट ६ वटा ट्रकमा नेपाली वस्तु चीनतर्फ निर्यात, तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द ।


८, नयाँ सरकार गठन भएपछि उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पायो, मंगलबार नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम, दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार ६ सय तीन कित्ता सेयर खरिद–बिक्री, तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार ।


९, सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा, प्रतियोगितामा एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने, विजेताले रु १२ लाख र उपविजेताले रु ६ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने ।


१०, रुससँग जारी युद्धको अन्त्यका निम्ति शान्ति शिखर सम्मेलन गर्ने युक्रेनको चाहना, सन् २०२३ भित्रमा युद्ध अन्त्य होस् भन्ने युक्रेनी चाहना रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भनाइ, रुस शान्ति शिखर सम्मेलनमा सहभागी नभएपछि चाँडै युद्ध अन्त्य हुने भविष्यवाणी गर्न कठिन ।

प्रतिक्रिया दिनुहोस्