Logo
Logo

राप्रपाले प्रति सांसद २० हजार रुपैयाँ लेवी उठाउने


2.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका संघीय सांसदबाट प्रति व्यक्ति २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्येक सांसदबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको हो ।

राप्रपाका एक नेताका अनुसार प्रदेशको हकमा भने १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा सा लेवी तोक्ने गरी निर्णय उनको बताए । राप्रपाको प्रतिनिधिसभामा १४ सांसद र प्रदेशसभा २८ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्