Logo
Logo

टी-२० विश्वकप : अस्ट्रेलियाकाे जितमा इंग्ल्याण्डलाई फाइदा


378
Shares

काठमाडौँ । आइसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेका छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

अस्ट्रेलियाको जित साबिक विजेता इंग्ल्यान्डलाई फाइदा भएको छ । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै इंग्ल्याण्ड सुपर ८ मा प्रवेश गरेको हो । दुई टोलीको अंक समान भएपनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो छ ।

यसअघि इंग्ल्यान्डले नामिबयालाई हराउँदै स्कटल्यान्डसँग अंक बराबरी गरेको थियो । ४ खेलपछि ८ अंक बटुल्दै अस्ट्रेलिया समूह विजेता बन्यो भने ५ अंकसहित इंग्ल्यान्ड दोस्रो बन्यो ।

अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
अस्ट्रेलियाका मार्कस स्टोइनिसले तीव्र गतिमा अधशतकीय इनिङ्स खेले । उनले २९ बलमा ५९ रन जोडे । यस क्रममा ९ चौका र २ छक्का हिर्काए ।

टीम डेभिडले नटआउट रहेर १४ बलमा २४ रन जोड्दै टोली जितसम्म डो¥याए । स्कटल्यान्डका लागि मार्क वाट र सफयान सरिफले २–२ विकेट लिए भने ब्राड व्हिलले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । टोलीका लागि ब्रान्डन म्याकमुलेनले शानदार ब्याटिङ गर्दै ३४ बलमा ६९ रन जोडे । उनले यस क्रममा २ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै, कप्तान रिची बेरिङटनले नटआउट रहँदै ३१ बलमा ४२ रनको योगदान दिए । उनले १ चौका र २ छक्का हिर्काए ।
ओपनर जर्ज मुन्सेले ३५ रन बनाए । २३ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । विकेटकिपर म्याथ्यु क्रसले ११ बलमा १८ रन जोडे । अस्ट्रेलियाका लागि ग्लेन म्यासवेलले २ तथा एस्टन अगर, नाथन इलिस र एडम जाम्पाले १–१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्