Logo
Logo

राष्ट्रपति पौडेलले गरे बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त


4.3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बीनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेशको नाम नियुक्तिका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्