
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
संसद बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रुपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए ।
उनले सरकारले सदनलाई र जनप्रतिनिधिहरुलाई हेपिरहेको टिप्पणीसमेत गरे । त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका हुन् ।