
काठमाडौं । सातवटै प्रदेशसभाका सभामुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।
उनीहरुले सरकार र संसद्को कामकारबाहीबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटार आएर छलफल गर्नुभयो । संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो ।