Logo
Logo

मूलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु


504
Shares

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ ।

मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३–००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको खम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका सहचालक १५ वर्षीय सुमन खड्काको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

रामेछापको मन्थली नगरपालिका–७ का खड्कालाई उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान
भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्