Logo
Logo

काठमाडौंबाट अवाञ्छित गतिविधि गर्ने दुई महिलासहित १२ जना पक्राउ


819
Shares

काठमाडौं । होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १२ जनालाई पक्राउ गरेको छ । दुईजना महिलासहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिन सहभागी भएका आन्तरिक तथा वाह्य पर्यटक ।

उनका अनुसार काठमाडौको पकनाजोलबाट २ जना महिलालाई पक्राउ गरेको छ । इच्छाविपरीत लोला हान्ने र रङ दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

यस्तै, न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलार्इी कसुरको प्रकृति हेरेर मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्