Logo
Logo

आलोकनगरमा समाजवादी मोर्चाको बैठक


819
Shares

काठमाडौं । विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा अहिले मोर्चाको बैठक जारी रहेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठक बिहान साढे ८ बजेदेखि सुरू भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र मोर्चाको आगामी कार्यक्रमबारे छलफल हुने प्रवक्ता सापकोटाले जानकारी दिए । यसअघि दिउँसो बैठक बस्ने भनिएको थियो ।

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तक्र्रिया राखेको छ । फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा गर्ने विपक्षी नेताहरुले बताएका थिए ।

फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठुलो संख्यामा मानिसहरू जम्मा भएपछि व्यवस्थामाथिको चुनौतीको रूपमा मोर्चाले विश्लेषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्