Logo
Logo

दिदी-बहिनी’मा दीपा र रजनीको छमछमी (भिडियो)



काठमाडौं । नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा तीज गीत निकाल्ने लहर बढ्दै गएको छ । कोरोनाका कारण फिल्म क्षेत्र ठप्प भएपछि कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् ।

पछिल्लो समय कलाकर एवं निर्देशक दिपाश्री निरौला पनि म्युजिक भिडियोतर्फ देखिन थालेकी छन् । दिपाश्री निरौला निर्देशित र अभिनित तीज गीत ‘दिदी–बहिनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको ‘दिदी बहिनी’मा, दिपाश्री निरौला, निर्मल शर्मा (गैंडा), गजीत विष्ट, सुमन गिरी भाञ्जा, रजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ । अहिलेको परिस्थितिमा तीजको वेलामा माइती जान असमर्थ रहेका चेलीहरुको मर्म र पीडालाई ‘दीदी बहिनी’ गीतको माध्यमबाट चित्रण गरिएको छ ।

शान्तीश्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लको स्वर रहेको गीतमा योगेश काजीको एरेन्ज रहेको छ । राजु केसीको सिनेमाटोग्राफी, गजित विष्टको कोरियोग्राफी टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई बिहीबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्