Logo
Logo

माओवादी केन्द्रको कलैया उपमहानगरपालिका समितिको अध्यक्षमा मुकेश साह



कलैया । नेकपा (माओवादी केन्द्र)को प्रथम कलैया उपमहानगरपालिका समितिको अधिवेशनबाट मुकेश साह अध्यक्षमा निर्वाचित भएका छन् ।

कलैयामा सम्पन्न प्रथम अधिवेशनबाट साहको अध्यक्षतामा ८१ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रमेश साह, सुनिल कुशवाहा र आविद हुसैन अंसारी, सचिवमा हसनजान अंसारी र कोषाध्यक्षमा मिना सिंह सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डा. गोपाल ठाकुर, प्रदेश समितिका सदस्य शिवचन्द्र कुशवाहा प्रभु यादव, जिल्ला समन्वय समितिका सदस्य रमेश साह, जलाउदिन मंसुर लगायतको बिशेष सहभागिता रहेको थियो ।

माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । राष्ट्रिय सम्मेलनका अघि माओवादीले वडा, नगर, प्रदेशको अधिवेशन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्