Logo
Logo

गौरीफन्टा नाकाबाट चार महिनामा १२० जना युवतीको उद्धार



धनगढी । त्रिनगर भन्सार गौरीफन्टा नाकाबाट शान्ति पुनस्र्थापना गृहले चालु आर्थिक वर्षको चार महिनामा २ हजार २ सय ६४ जनालाई सूचना तथा परामर्श सेवा दिएको छ ।

शान्ति पुनस्र्थापना गृहले विगत ११ वर्षदेखि कैलाली त्रिनगर भन्सार गौरीफन्टा नाका र टीकापुरको खक्रौला नाकामा रहेर काम गरिरहेको छ । टीकापुरको खक्रौला नाकाको तुलनामा धनगढीको त्रिनगर नाका भने ठूलो सीमानाका भएका कारण मुद्दाहरू सम्हाल्न हम्मेहम्मे परेको र अझ कर्मचारीहरूको आवश्यकता रहेको शान्ति पुनस्र्थापना गृहकी सुपरभाइजर पुष्पा जोशीले बताए ।

चालु आर्थिक वर्ष २०७८ र ०७९को चार महिने अवधिमा शान्ति पुनस्र्थापना गृहले १२० युवतीहरूको उद्धार गरी समाजमा पुनस्र्थापना तथा परिवारमा पुनर्मिलन गराई सुरक्षित आवासको समेत व्यवस्था गरिएको शान्ति पुनस्र्थापना गृहकी सुपरभाइजर पुष्पा जोशीले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमै आठ वटा मुद्दा दर्ता भएकोमा तीन वटा मानव बेचबिखन र चार वटा जबरजस्ती करणीका मुद्दा रहेको छन् । धेरैजसो मुद्दाहरू विवाह तथा प्रलोभनमा पारेर लगिने र कतिपय युवतीहरूलाई आफू कहाँ जान लागेको समेत थाहा नहुने गरेको उनले बताए ।

त्यस्तै, आर्थिक वर्ष २०७७ र ०७८ मा ५ हजार ८ सय ५२ जना युवती मध्ये २५३ जनाको उद्धार गरिएको छ । गत आर्थिक वर्षमा प्रहरी

कार्यालयमा जम्मा ३० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १७ वटा मानव बेचबिखनका मुद्दा रहेकोमा ११ वटा मुद्दा दर्ता शान्ति पुनस्र्थापना गृहबाट भएको उनले सुपरभाइजर जोशीले बताए ।

यसरी गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तुलना गर्दा मुद्दा दर्ता र घटनाहरू बढ्दो क्रममा रहेको समेत जोशीले जानकारी दिए

मानव बेचबिखन तथा ओसारपसारका घटनामा अझै कमी आउन सकेको छैन । परिवारको लापरबाही, उचित परामर्श एवं अज्ञानता कारण यस किसिमका घटनामा कमी आउन नसकेको देखिन्छ ।

तसर्थ सम्बन्धित निकाय र सरोकार बालाहरूले अझ कडाइ साथ कानुनको कार्यान्वयन गर्नुका साथै जनचेतना फैलाउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्