Logo
Logo

देउवा पक्षका नेताहरु उम्मेदवारी दिन तँछाड-मछाड



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै उम्मेदवारी दिनेको संख्या पनि बढ्दै गएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु हुन लागेको कांग्रेसको १४औं महाधिवेशनमा वागमती प्रदेशबाट मात्रै देउवा पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनीहरुले महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । देउवा पक्षबाट महामन्त्रीमा डा.प्रकाशशरण महत, सहमहामन्त्रीमा महिलातर्फबाट डीना उपाध्याय, जनजातिको तर्फबाट सहमहामन्त्रीमा बहादुरसिंह लामा र जनजातीमै मोहनबहादुर बस्नेतले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।

साथै देउवा पक्षबाट केन्द्रीय सदस्य पदका लागि ३४ जनाले उम्मेदवारी दिने प्रचार थालेका छन् । जसमा श्याम घिमिरे, अम्विका बस्नेत, किरण गिरी र विक्रम थापालगायत छन् । यो संख्या अझै थपिन सक्ने देउवा पक्षका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्