काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका एमाले र काँग्रेसमात्र भएको बताएका छन् ।
अध्यक्ष ओलीले शुक्रबार नेकपा एमाले बागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी गरे ।

उनले भने, ‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन् । पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन् ।’
अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताए । ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ । त्यस कामका लागि अहिले म जाँदैछु’ कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा जानुअघि उनले भने ।














