Logo
Logo

कांग्रेसको बन्दसत्र आजै


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र आज (शुक्रबार) नै सुरु हुने भएको छ । महाधिवेशनको उद्घाटन समारोह सञ्चालन गरिरहेका प्रवक्ता विश्वप्रकाश शर्माले आजै बन्दसत्र हुने भएकाले महाधिवेशन प्रतिनिधिहरुलाई उत्साहसाथ सहभागी हुन आग्रह गरे ।

बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले केही प्रतिवेदनहरु पारित गरिसकेको छ। महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, लेखा समितिका संयोजक श्याम घिमिरेद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पारित गरेको थियो । पारित प्रतिवेदन र प्रस्तावहरु बन्दसत्रमा प्रस्तुत हुने छन् ।

प्रतिक्रिया दिनुहोस्