काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गन मनोनयन दर्ता गरेका उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिएको छ ।
कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले सभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको नामावली सार्वजनिक गरेको हो ।

शनिबार उम्मेदवारहरूको मनोनयन दर्ता भएको थियो । निर्वाचन समितिले आइतबार उम्मेदवारहरूको पहिलो नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको छ । आइतबार नै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । सोमबार बिहान ८ बजेदेखि मतदान सुरू तालिका छ । कांग्रेसमा यसपाली ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि छन् ।














