Logo
Logo

म मेयरमा दोहोरिन सक्छु : शाक्य



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टी र जनताले चाहेमा महानगरपालिकाको मेयरमा पुनः आफू दोहोरिने बताएका छन् । आइतबार महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पत्रकारहरुको प्रश्नमा नेकपा एमालेबाट निर्वाचित मेयर शाक्यले आफूलाई दिएको जिम्मेवारी पूरा भए/नभएको मूल्याँकन पार्टी र जनताले गरिररहेको बताउँदै भने, ‘मलाई महानगरपालिकामा दिएको जिम्मेवारी उपयुक्त र राम्रो ढंगबाट सम्पादन गरेको मूल्यांकनसहित पार्टीले पठाउँदा म फेरि जनतामाझ अनुमोदनका लागि जानुपर्छ ।’ आफू मेयरमा दोहोरिन सक्ने÷नसक्ने कुुरा पार्टी र जनतामा भर पर्ने उनको भनाइ छ ।

महानगरपालिकाभित्र सबै कामहरु सर्वसहमतिमा भइरहेको दावी गर्दै उनले पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको बताए ।
उनले भने, ‘चुनावी घोषणापत्रअनुसार कतिपय काम भएनन् होला, तर अरु पार्टीका राम्रा चुनावी घोषणाका राम्रा पक्षलाई समेत समेटेर काम गरेकाले जनताले पनि त्यसको मूल्यांकन गरेको मेरो विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्