Logo
Logo

समाजवादी विद्यार्थी युनियनको प्रदेश १ समिति घोषणा



काठमाडौं । जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन समाजवादी विद्यार्थी युनियनको प्रदेश नम्बर १ आइतबार नयाँ समिति गठन गरेको छ ।

इटहरीस्थित जसपा प्रदेश नम्बर १ को पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले अध्यक्ष अञ्जिलहाङ किराती तथा मुख्य सचिव सञ्जयअधिकारीको नेतृत्वमा समाजवादी विद्यार्थी युनियनको ५५ सदस्यीय समिति घोषणा गरेका हुन् ।

सो घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चाम्लिङले पार्टी मातहतका संगठनहरुले आफ्नो विधान अनुसार गतिविधि गर्न स्वतन्त्र हुने बताए । उनले समायोजन कार्यदलले लामो समयको गतिरोध अन्त्य गरेर विद्यार्थीको प्रदेश समिति निर्माण गरेकोमा खुसी व्यक्त गरे ।

युनियनका केन्द्रीय उपाध्यक्ष एवम् समायोजन कार्यदलका सदस्य सुबास लाबुङको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सदस्य जेन्टल लावती, प्रदेश कोषाध्यक्ष बिनोद नेम्बाङलगायत पार्टीका प्रदेश समितिका नेताहरु, लिम्बुवान राष्ट्रिय समितिका नेताहरु, जिल्ला समन्वय समिति र विभिन्न जनवर्गीय संगठनका केन्द्रीय र प्रदेश तहका नेताहरु उपस्थित थिए ।

समायोजन कार्यदलका सदस्य एवम् युनियनका उप–महासचिव दिनेश दंगालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए भने सञ्चालन कार्यदलका सदस्य सुबास लाबुङको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सदस्य जेन्टल लावती, प्रदेश कोषाध्यक्ष बिनोद नेम्बाङलगायत पार्टीका प्रदेश समितिका नेताहरु, लिम्बुवान राष्ट्रिय समितिका नेताहरु, जिल्ला समन्वय समिति र विभिन्न जनवर्गीय संगठनका केन्द्रीय र प्रदेश तहका नेताहरु उपस्थित थिए ।

समायोजन कार्यदलका सदस्य एवम् युनियनका उप–महासचिव दिनेश दंगालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए भने सञ्चालन कार्यदल सदस्य एवम् केन्द्रीय सचिव सुबास राईले गरेका थिए ।

समायोजन कार्यक्रम सम्पन्न भए लगत्तै बसेको युनियनको पहिलो प्रदेश पदाधिकारी बैठकले संगठनको प्रशिक्षण, विस्तार र गतिविधि बारे विभिन्न निर्णय गरेको अध्यक्ष अञ्जिलहाङ किरातीले जानकारी दिए । दुई वर्षको प्रयत्नपछि अधिकतम सहमतिमा विध्यार्थीको प्रदेश समिति समायोजन र घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्