
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन् । अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १७२९ मत पाएका छन् । प्रकाशमान सिंहले तेस्रो स्थानमा ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत र कल्याण गुरुङले २० मत प्राप्त गरेका हुन् ।
कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीच मात्र प्रतिस्पर्धा हुने व्यवस्था छ । अब बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन । त्यसको आधारमा सभापतिको टुंगो लाग्नेछ ।














