Logo
Logo

कोइरालाले पनि मागे सिंहको सहयोग



काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । भेटका क्रममा डा. कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका छन् ।

सिंहले आफ्नो टिमका नेताहरूसँग छलफल गरेर सामूहिक रूपमा निर्णयमा पुग्ने जवाफ दिएको बताइएको छ । देउवा पक्षका नेता बालकृष्ण खाँणले पनि सिंहलाई भेटेका थिए । कोइरालाले प्रकाशमान सिंहलाई निवासमै गएर भेटेका हुन् ।

यसअघि सिंहले बालकृष्ण खाँणलाई पनि यही जवाफ दिएर पठाएका थिए । खाँणले दोस्रो चरणमा देउवालाई सघाउन सिंहसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्