काठमाडौं । विशेष अदालतमा ६ महिनादेखि अध्यक्षसहित ४ न्यायाधीश रिक्त छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायपरिषदको बैठक राखी विशेष अदालतमा ६ महिनादेखि अध्यक्ष सहित न्यायाधीश सरुवा नगर्दा भ्रष्टाचारका मुद्दाको चाङ लागेको छ । विशेष अदालतमा हाल दुई न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेमात्र छन् ।

विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीलाई प्रधानन्यायाधीश राणाले २०७८ साउन १ मा उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रुपमा पठाए । कार्कीले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई गएको असार ३० मा धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीलाई अन्यायपूर्वक राणाले इलाम सरुवा गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश जबराले कार्कीलाई त्यसको दुई दिनपछि नै साउन १ मा इलाम सरुवा गरेका थिए । भाइ प्रभुशमशेरले गच्छदारसँग ठूलो डिल गरिरहेकै बेला अध्यक्ष कार्कीले १० लाख धरौटीमा छाडेपछि रुष्ट भएका राणाले कार्कीलाई आक्रोशमा आएर २ दिनमै इलाम पठाएको चर्चा त्यतिबेला पनि भएको थियो । विशेष अदालतमा ६ महिनासम्म अध्यक्ष र न्यायाधीश नियुक्त नगर्दा भ्रष्टाचारका मुद्दा चाङ लागेर बसेका छन् ।











