Logo
Logo

आज काठमाडौं महानगर ३२ वटै वडामा सार्वजनिक बिदा



काठमाडौं । महानगरपालिकाले आज धुमधामका साथ २७ औँ महानगर दिवस मनाउँदै छ । यस्तै, दिवसका अवसरमा आज काठमाण्डौका ३२ वटै वडामा सार्वजनिक बिदा दिइएको छ ।

कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ भने सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए । काठमाण्डौ महानगरपालिकालाई २०५२ साल मङ्सिर २९ गते महानगर घोषणा गरिएको थियो । यसैलाई आधार मानेर हरेक वर्षको मंसिर २९ गतेलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।

आफ्नो कार्यकालमा चार सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको महागरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनु भयो । यस्तै स्वास्थ्यका क्षेत्रमा ‘वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डायलासिस सेवा सुरु गरिएको छ । त्यसैगरी वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण गरी सञ्चालनमा ल्याइसकेको र वडा नं। ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणाधीन अवस्थामा रहेको पनि जानकारी दिए ।

यस्तै शिक्षाका क्षेत्रमा ‘महानगरभित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्