Logo
Logo

‘जनताको विश्वास जितेर मात्र एमसीसी अघि बढाउनुपर्छ’


रुपेन्द्र पटेल


रौहहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको विश्वास जितेर मात्र एमसीसीलाई अघि बढाउनुपर्ने बताएका छन् ।

बुधबार रौतहटको वृन्दावन नगरपालिका वडा नं-५ मा स्वास्थ्य चौकीको उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसी सम्झौताका विषयमा सरकारसँग छलफल भइरहेको भन्दै जनताको विश्वास जितेर मात्र एमसीसी अघि बढाउनुपर्ने बताएका छन् ।

एमसीसीका बहानामा कुनै प्रकारको सुरक्षा रणनीति सम्बन्धी कार्य वा छिमेकी देशको विरुद्ध हुने गतिविधि स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए ।

अध्यक्ष नेपालले नेपालको भूमिमा नेपालको अधिकार भएकोले आफ्नो भूमिमा विकास कार्य, रोजगारी सिर्जना तथा प्रयोग गर्ने नेपालकै भएको तर्क गरे ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा गरेका सम्झौताले नेपाललाई अप्ठेरोमा पारेको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्