Logo
Logo

कांग्रेस प्रदेश २ को नेतृत्व चयन गर्न मतदान सुरु



काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सुरू भएको छ । मतदान आज विहानदेखि जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच सुरु भएको हो ।

पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५ जना सदस्य बुधबार नैनिर्विरोध निर्वाचित भएका थिए ।

प्रदेशको सभापति पदमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट कृष्णप्रसाद यादव र शेखर कोइरालाको समर्थनमा विमलेन्द्र निधिनिकट रामसरोज यादव चुनावी मैदानमा छन् ।

उम्मेदवारको मनोनयन मंगलबार गरिएको थियो । बुधबार मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आज मतदानको कार्यतालिका बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्