Logo
Logo

स्वास्थ्य मन्त्रीको प्रेस सल्लाहकारमा बिडारी



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् ।

मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् ।

त्यस्तै पत्रकारिता तथा आमसञ्चार विषय विगत पाँच वर्षदेख अध्यापनसमेत गर्दै आइरहेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पूर्वअध्यक्ष समेत विडारीले हाल महासङ्घका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस सङ्गठनका संस्थापक उपाध्यक्ष बिडारी दामन पोष्ट साप्ताहिक तथा दामन पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्