Logo
Logo
माओवादीको आठौं महाधिवेशन

प्रचण्डको प्रतिवेदनमाथि आज २५ समूहको सुझाव



काठमाडौं । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन आज २५ समूहले रिपोर्टिङ गर्दैछन् ।

सबै समूहका प्रतिनिधिले दिउँसो एक बजेदेखि राखेको सुझावका आधारमा लिडरले रिपोर्टिङ गर्ने कार्यक्रम छ । प्रत्येक समूहका लिडरलाई १५ मिनेको समय दिइएको छ ।

अजा (बुधबार) २५ समूहको रिपोर्ट सुन्ने र बिहीबारमात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । छलफलमा उठेको प्रश्नको अध्यक्षले जवाफ दिएपछि मात्र केन्द्रीय समिति चयन गर्ने तयारी छ ।

बन्दसत्र आज दिउँसो १ बजेबाट
महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ । आज दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्