Logo
Logo

एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच आज पार्टी एकता


1.8k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकीकरण घोषणा हुँदैछ । पार्टी एकीकरणको घोषणा आज (शुक्रबार) हुने एकीकृत समाजवादीकी पोलिटव्युरो दिलु पन्तले बताइन् ।

साध्यबहादुर भण्डारी अध्यक्ष रहेको परिषद राष्ट्रिय जनमोर्चाबाट बिभाजन भएको गठन भएको पार्टी हो । यसअघि एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच पुस १३ गते पार्टी एकता भएको थियो ।

अहिले बिभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा आउँनेको लहर चलेको नेतृ पन्तको भनाई छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि केही नेताहरु छलफलमा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्