काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन लगत्तै विशेष महाधिवेशन गर्ने बताएका छन् ।
माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न, जिज्ञासाको शुक्रबार जवाफ दिँदै उनले निर्वाचन लगत्तै पार्टीको विशेष महाधिवेशन हुने बताए ।
ठोस विचारको विकास गर्नका लागि पार्टीले विशेष महाधिवेशन गर्ने उनले प्रष्टीकरण दिएका छन् । अध्यक्ष प्रचण्डको प्रतिवेदनमा नेताहरुले विभिन्न कोणबाट प्रश्न तथा टिप्पणी गरेपछि जवाफ दिँदै उनले पार्टीले निर्वाचन लगतै विशेष महाधिवेशन गर्ने बताए ।
विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहसको आवश्यकत्ता भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनले बताए । अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजको रुपमा नबुझन आग्रह गर्दै उनले विशेष महाधिवेशनमा बिशेष रुपले बहस तथा छलफल हुने आश्वास दिएका छन् ।














