Logo
Logo

नयाँ वर्षमा समृद्धिलाई उचाइमा पुर्‍याउँछौं : ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिलाई नयाँ वर्षमा उचाइमा पुर्‍याउने बताएका छन् । सन् २०२१ मा केही शक्तिहरुले देशको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरेको टिप्पणी गर्दै उनले थाती रहेका राष्ट्रिय समृद्धिलाई नयाँ वर्षमा उचाइमा पुर्‍याउने बताएका हुन् ।

नयाँ सन् २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न स्थीर राजनीति अपरिहार्य रहेको पनि बताए ।

‘भर्खरै सन् २०२१ मा केही शक्तिहरुले मुलकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुफमा अलमल्याउने काम गरे। मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको एमालेको सरकारलाई संविधानको अपव्याख्याबाट हटाइयो’ ओलीले भनेका छन् ।

ओलीले २०२१ मा आफू नेतृत्वको सरकारले असाधारण काम गरेको, चुच्चे नक्सा प्रकाशन गरेको, अर्थतन्त्रलाई माथि उठाएको, विकासका दूरगामी योजनाहरु थालनी गरेको पनि शुभकामनामा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्