
काठमाडौं । देशमा हाल कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव छैन । त्यसकारण आज सामान्यतथा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राति पनि उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।
मौसम सफा रहे पनि देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।














