Logo
Logo

न्यायाधीशलाई पक्राउ पूर्जी



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले यो साता बालुवाटारस्थित सरकारी निवासको जग्गा हिनामिनासम्बन्धि मुद्दाको अनुसन्धान टुंगाउँदैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगभन्दा करिब दोब्बर आरोपीलाई मुद्दा दायर गर्ने सिआइबी तयारी छ ।

धेरैलाई पक्राउ गर्न नसकेपनि मुद्दा दायर भने हुने सम्भावना देखिएको छ । सरकारबाट हस्तक्षेप नभएमा करिब चार सय जनाविरुद्ध मुद्दा दायरको फाइल तयार भएको छ । जसमा विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएका व्यक्तिहरू समेत परेका छन् ।

सिआइबीले हालसम्म करिब तीन सय जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । जसमा एकजना न्यायाधीशसमेत छन् । न्यायधीश विनोद गौतमविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको छ । यसअघि उनी निलम्बनमा परिसकेका छन् ।

भौतिक योजना मन्त्रालयमा कानूनको उपसचिवको रुपमा कार्यरत रहँदा उनी यसमा मुछिएका हुन् । त्यतिबेला प्रधानमन्त्रीनिवास विस्तार आयोजनाको नाममा जग्गा हिनामिना भएको थियो । त्यतिबेला दीप बस्न्यात सचिव थिए ।

त्यस्तै बालुवाटारको जग्गा किन्ने ठूला व्यापारीहरू समेत प्रतिवादी बन्दैछन् । गोविन्दलाल सांघाई, मनोज केडिया, मिनबहादुर गुरुङ, सञ्जय चाचन, सिपिका खेतान, कैलाशचन्द्र गोयललगायतका व्यापारी पनि पर्ने निश्चित भएको छ । जिल्ला सरकारी वकिल कार्यालयबाट आफ्नो नाम हटाउन केही व्यापारी भने चलखेलमा छन् । सिआइबीले मन्त्रालयका तत्कालिन सचिवसम्मलाई प्रतिवादी बनाएर साढे १३ अर्ब बिगोसहितको मुद्दा दायर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्