Logo
Logo

प्रचण्डलाई अमेरिकाको बधाई


3.6k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ ।

माओवादीको आठौं महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्षमा चयन भएकोमा अमेरिकाले सामाजिक सञ्जालमार्फत बधाई दिएको हो ।

काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुनः अध्यक्ष भएकोमा बधाई दिएको हो ।

‘नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ,’ ट्वीटमा भनिएको छ ।

महाधिवेनपछि सोमबार सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले निर्विरोध अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्