Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


6.2k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो साढे १ बजे बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने बताइएको छ

त्यस्तै बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुनेछ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् । देउवा पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन भारत जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्