Logo
Logo

कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । कक्षा ११ को आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो ।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने बोर्डले जनाएको छ । यस्तै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन पनि सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरिएको जनाएको छ । परीक्षा केन्द्र सम्बन्धी विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्