Logo
Logo

जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर छ : प्रधानमन्त्री


252
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनको मुद्दामा सरकार गम्भीर रहेको बताएका छन् ।

शुक्रबार साँझ अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको जलवायु परिवर्तनका मुद्दाका लागि ’युनिटी फर सस्टेनिबिलिटी’नामक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले पारेको असरबारे सरकार सम्भीर रहेको भन्दै यस बिषयमा सरकार गम्भीर रहेको बताएका हुन् ।

उनले सरकारले पनि छोटो र दीर्घकालीन योजना बनाएर जलवायु परिवर्तनको मुद्दामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नीजि संस्थाहरुले यस्ता मुद्दामा हातेमालो गर्न जरुरी रहेको भन्दै सहकार्यका लागि आह्वानसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्