Logo
Logo

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण


9.9k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ । प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको सचिवालयको भनाई छ । सचिवालयका अनुसार अहिले प्रचण्डले निजी निवासमै आराम गरिरहेका छन् ।

सचिवालयले डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जनाएको छ ।

यस्तै अध्यक्ष प्रचण्डसँग योबीचमा सम्पर्कमा आएका व्यक्तिहरूलाई सतर्कता अपनाउनसमेत सचिवालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्