Logo
Logo

माओवादी नेता नारायणकाजी श्रेष्‍ठलाई कोरोना संक्रमण


1.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्‍ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड संक्रमण देखिएपछि होम आइसोलेनमा बसेको श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

ट्वीटरमार्फत श्रेष्‍ठले आफ्नो भोतिक सम्पर्कमा आएकाहरूलाई आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेका छन् । ‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु’, श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्