Logo
Logo

मलाई विश्वास गर्ने जनतालाई धोका दिन्न : सभामुख



काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर जनतालाई धोका नदिने बताएका छन् ।

गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली मातृशिशु बचत तथा ऋण सहकारीको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले आफूमाथि विश्वास र भरोसा गरेका जनतालाई धोका नदिने बताएका हुन् ।

‘तपाईंहरूको भोटले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ । तपाईंहरूको यो विश्वासलाई, ममाथिको भरोसालाई धोका दिने छैन’, सभामुख सापकोटाले भने, ‘विश्वासघात गर्ने छैन । जनतालाई धोका दिनुभन्दा पहिला बरु म प्राणको बाजी लगाउन तयार छु । म तर जनतालाई धोका दिने छैन ।’

सभामुख सापकोटाले राजनीतिक संकट, कोभिड १९ को संकट र जलवायु परिवर्तनका कारण निम्तिएको संकटका कारण सभामुख भएपछिको दुई वर्षमा भनेजस्तो काम गर्न नपाएको पनि स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्