Logo
Logo

एमालेको कैलाली अधिवेशनमा अध्यक्षका उम्मेदवारबीच झडप



कैलाली । निर्वाचन समितिले पटक–पटक निर्वाचन तालिका सारेपछि विवाद हुँदा नेकपा एमालेको कैलाली जिल्ला अधिवेशनमा झडप भएको छ ।

निर्वाचन समितिले धेरै पटक कार्यतालिका पछि सारेपछि प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै नारावाजी गरेपछि अध्‍यक्षका उम्‍मेदवार रतन थापा र रणबहादुर चन्द समूहपक्षबीच झडप भएको हो । झण्डपका क्रममा केही व्यक्ति सामान्य घाइते भएको बताइएको छ ।

झडपका क्रममा प्रतिनिधिले मतपेटिका फाल्नुका साथै केही कुर्सीहरु समेत भाँचेका छन् । दुई पक्षको झडपपछि निर्वाचन अनिशचित भएको छ ।

प्रतिक्रिया दिनुहोस्