Logo
Logo

राष्ट्रियताका लागि एमाले निर्विकल्प छ : अध्यक्ष ओली


2k
Shares

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गरेका छन् ।

सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेलाई नवप्रवेशीलाई कहिल्यै पश्चाताप नहुने बताए ।

उनले भने, ‘अब कोही पनि अल्मलिइरहनु पर्दैन । आउनुस्, एमालेमा हामी स्वागत गर्न चाहान्छौँ । एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी हो ।’ अध्यक्ष आलीले भने, ‘नेपालमा लोकतान्त्रिक आन्दोलन ध्वस्त भएमा बेलामा हामीले सानो शक्तिबाट झापा विद्रोहका नाममा सङ्घर्षको विगुल फुकेका थियौँ ।’

अहिले आफूहरू जनतालाई अधिकार र सेवा दिन सक्ने हैसियतामा रहेको बताउँदै उनले भने, ‘हामी फेरि जनादेशबाट सरकारको नेतृत्वमा पुग्नेछौँ ।’ अध्यक्ष ओलीले समयमा स्थानीय तहको निर्वाचन नगराएर ती तहलाई जनप्रतिनिधि बनाएर कर्मचारीको भरमा चलाउने षड्यन्त्र गरेको आरोप लगाउँदै देशलाई स्वाभिमानपूर्वक सुशासन र विकासको बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन जनताले पुनः एमालेलाई सरकारको नेतृत्वमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।

उनले खाँदबारी—किमाथाङ्का सडकको बाँकी १४ किलोमिटर बाटो बनाउन आफ्नो नेतृत्वको सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएको र विराटनगरदेखि किमाथाङ्कासम्म चल्ने अन्तर्राष्ट्रियस्तरको मार्ग चाँडै खुल्ने बताइ ।

सङ्खुवासभामा रहेको ९०० मेघावाट क्षमताको अरुण—३ जलविद्युत आयोजनाको आफूले प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको र जिल्लालाई यहाँका उत्पादन र रोजगारीको सम्भावनालाई उजागर गर्ने एमालेको अवधारणा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्