Logo
Logo

रामचन्द्रलाई सम्धीको चिन्ता



काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलको राजनीतिक भविष्य त अन्योलमा परेको छ नै, यहीबेला उनलाई अर्काे तनाव आइलागेको छ । उनका सम्धिलाई प्रहरीबाट पक्राउ पूर्जी जारी भएको छ ।

पूर्व सचिव युवराज भुषाल नेता पौडेलका सम्धि हुन् । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा भुषालमाथि पनि हाल छानबिन भइरहेको छ । उनी भुमी सुधार मन्त्रालयको सचिव हुँदा यससम्बन्धि टिप्पणी उठाएको छानबिनमा खुलेको हो । यद्यपि, त्यतिबेला सरकार ढलेकाले निर्णय हुन सकेन । नक्कली मोही खडा गरेर प्रधानमन्त्री निवाससँगैको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा उनको संलग्नता देखिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६३ सालमा भूमी सुधार मन्त्रालयमा भएको त्यो चलखेलको अनुसन्धान गरेन । तर, सिआइबीले भने त्यसमा समेत अनुसन्धान गरी भुषाललाई समेत प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएपछि भुषाल हारगुहार गरी बालुवाटार पुगेका छन् । उनलाई जोगाउन रामचन्द्र पौडेल आफैं लागिपरेको स्रोत बताउँछ ।

पौडेलकै आडमा भुषालले यसअघि विभिन्न नियुक्त खाएका थिए । अवकाशपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणको सिइओ पनि पौडेलकै जोडमा भएका थिए । राष्ट्र बैंकको गभर्नर बन्न समेत उनको दौडधुप थियो । तर, यतिबेला बुढेसकालमा उनी ठूलो मुद्दा खेप्नुपर्ने अवस्थामा पुगेका हुन् ।

उनीसहित पूर्व सचिवहरु छविराज पन्त, नारायण गोपाल मलेगो, दिनेशहरी अधिकारी, दीप बस्न्यातसहित करिब एक सय जना कर्मचारीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्