Logo
Logo

‘कोरोनाका कारण राष्ट्रिय सभा निर्वाचन प्रभावित हुँदैन’



काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)का राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रभावित नहुने निर्वाचन आयोगले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने आयोगले जानकारी दिएको छ ।

राष्ट्रिय सभाको मतदानका लागि मतदाता संख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुुझाव लिने प्रवक्ता पौडेलको भनाई छ ।

राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ। सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन्।

राष्ट्रिय सभा सदस्यको मतदान, स्थानीय तहको निर्वाचनलगायतबारे छलफल गर्न शुक्रबार सर्वदलीय बैठकसमेत बोलाइएको प्रवक्ता पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्